
Ichhakamana-5, Mugling

marsyangdi.coperative@gmail.com

10:00 AM – 5:00 PM

DIRECT : 9855060629

मर्स्याङदी बहुउद्धेश्यीय सहकारी संस्था एक सदस्य आधारित, गैर-नाफामूलक वित्तीय संस्था हो । यस संस्थाले आफ्ना सदस्यहरूलाई बचत गर्ने आदत विकास गराउन, वित्तीय स्रोतहरूको पहुँच सहज बनाउन, र आर्थिक समृद्धिको अवसर प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्दछ।
> समुदायमा रुपैँया पैसा, मानव संसाधन एवं बौद्धिकता हुँदाहुँदै पनि छरिएर रहेका उक्त स्रोत साधनहरुको सही रुपमा परिचालन हुन नसकेर समुदायको समय सापेक्ष विकास हुन नसकेको कुरा सवैले महसुस गरिरहेका थियौँ । तर पनि उक्त सवै समस्याको वास्तविक समाधान के हो त भनेर खोज्ने क्रममा सवैले स्विकारेको कुरो हो विश्वास, सहमति, सहकार्य एवं सहयात्रा मार्फत समस्याको समाधान । सोहि कार्यको सार्थकताका लागि वि.सं. २०४० देखि साना किसान बैंकको समुहमा आवद्ध भइ मासिक बचत संकलन तथा कृषिजन्य कार्यहरु, पशुपालन व्यवसायमा ऋण परिचालन गरिदै आएको थियो । तत्कालिन समयमा समुदायमा होटल व्यवसाय, किराना पसल, भैसिपालन, बुंगुर पालन लगायतका कार्य तथा तत्कालिन समयमा बजारमा रहेको भेटनरी कार्यालय मार्फत समुहमा आवद्ध भइ सहकार्य मार्फत हामी अगाडि बढिरहेका थियौँ । समय परिवर्तनसँगै राज्यमा बढ्दै गएको द्वन्दका कारण सुरक्षा चुनौतिको महशुस गरी तत्कालिन समयमा समुदायमा रहेका नेपाल बैंकको शाखा कार्यालय तथा साना किसान बैंकको सेवा समेत जिल्ला सदरमुकाममा गए पश्चात यस क्षेत्रका नागरिकका वित्तिय लगायत धेरै समस्याहरु थप असहज बन्दै गए । समुदायमा समस्याहरु थपिदै जान थाले पश्चात समाधानका उपायहरुको खोजिका क्रममा सहकारी संस्थाको आवश्यकता महशुस गरियो । सहकारी संस्था स्थापनका लागि मिति २०५७।०९।०५ मा सम्पन्न प्रारम्भिक भेलाले मर्स्याङ्दी बहुउद्धेश्यीय सहकारी संस्था स्थापना गर्ने निर्णय गरियो । तत्पश्चात डिभिजन सहकारी कार्यालय चितवनमा मिति २०५७।११।०९ मा (दर्ता नंं १९०—२०५७।५८) विधिवत रुपमा मर्स्याङ्दी बहुउद्धेश्यीय सहकारी संस्था लि. दर्ता गरियो ।
सहकारी संस्था स्थापना पूर्व १२ जनाको कृषि समूह संचालनमा रहेको थियो । उक्त समूहका १२ जनामा बाँकि १३ जना थप गरी २५ जना सदस्य, समुहका सदस्यहरुले गर्दै आएको बचत रकमलाइ शेयरमा रुपान्तरण गरी रु १०,००,०००। शेयर पूँजी कायम गरी सहकारी संस्थाले आफ्नो कारोवारको सुभारम्भ गरेको थियो । संस्था स्थापनासंगै स्थानिय बजारमा रहेका साना व्यपारी, नाङ्घला व्यपारी लगायतलाइ सहकारी संस्थामा आवद्ध गरी वित्तिय कारोवार अगाडि बढाइयो । तत्कालिन समयमा नेपाल सरकार मार्फत नेपाल विद्युत प्राधिकरणले सामुदायिक ग्रामिण विद्युतीकरण गर्नका लागि विभिन्न संघसंस्था र कम्पनिका लागि आह्वान गरे अनुरुप यस संस्थाले मिति …….. मा निवेदन दर्ता गरियो । नेपाल विद्युत प्राधिकरण, सामुदायिक ग्रामिण विद्युतीकरण विभागले मिति २०६० साल पौष २५ गते यस संस्थाले विद्युतीकरण र वितरण अनुमति प्रमाण पत्र प्राप्त गर्यो । उक्त अनुमतिका आधारमा २०६१ बैशाख देखि संस्थाले विद्युतीकरण सेवा संचालन सुरु गर्यो । बहुउद्धेश्यीय सहकारी संस्था भएका कारण बहुसंख्यक सदस्य कृषि पेशामा आवद्ध रहेका कारण मिति …………. मा कृषि फर्म दर्ता गरि जिल्ला पशु सेवा कार्यालय, भरतपुर र पशु सेवा कार्यालय, मुगलिङ्घसँगको समन्वयमा कृषि व्यवसाय संचलन गर्ने योजनाका साथ अगाडि बढियो । संस्थाको नेतृत्वदायी भूमिकामा ३२०० घरधुरीलाई विद्युतीकरण गरी ईच्छाकामना गाँउपालिका पूर्ण विद्युतीकरण भएको घोषणाका साथ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको रोहबरमा मिति २०८० भाद्रमा हस्तान्तरण गरियो ।
आर्थिक सशक्तीकरण: सदस्यहरूलाई बचत गर्ने बानी विकास गराई, सहज कर्जा सुविधा उपलब्ध गराई आर्थिक रूपमा सशक्त बनाउने।
आत्मनिर्भरता प्रवर्द्धन: सदस्यहरूलाई स्वरोजगार तथा साना उद्यमहरू स्थापना गर्न प्रोत्साहन गरी आत्मनिर्भर बनाउने।
सामाजिक र सामुदायिक विकास: शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, र सामाजिक कल्याणमा योगदान पुर्याई समुदायको समग्र विकास सुनिश्चित गर्नु।
उद्यमशीलता विकास: कृषि, पशुपालन, व्यापार, तथा उत्पादनमूलक कार्यहरूमा लगानी वृद्धि गराई सदस्यहरूमा उद्यमशीलता विकास गर्ने।
वित्तीय पहुँच विस्तार: ग्रामीण तथा दुर्गम क्षेत्रका समुदायहरूमा सहकारी सेवा पुर्याई वित्तीय पहुँच वृद्धि गर्ने।
सदस्यहरूको हित संरक्षण: सदस्यहरूको हक, अधिकार, र आर्थिक सुरक्षालाई प्राथमिकता दिँदै पारदर्शी तथा विश्वसनीय सेवा प्रदान गर्नु।
सहकार्य र सहअस्तित्व प्रवर्द्धन: सदस्यहरूबीच आपसी सहयोग, सहकार्य, र विश्वासको भावना विकास गर्दै सहकारी मूल्य र सिद्धान्तहरूलाई जीवन्त राख्ने।
दिगो विकास: पर्यावरणमैत्री र दीर्घकालीन लाभदायक आर्थिक गतिविधिहरू सञ्चालन गरी संस्थाको दीगो विकास सुनिश्चित गर्ने।
यी उद्देश्यहरू मार्फत मर्स्याङदी बहुउद्धेश्यीय सहकारी संस्थाले स्थानीयस्तरमा आर्थिक, सामाजिक, र सांस्कृतिक क्षेत्रको समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
Chat Now
