हाम्रो मर्स्याङदी बहुउद्धेश्यीय सहकारी संस्थामा छिटो, सुरक्षित, र भरपर्दो रेमिटेन्स सेवा उपलब्ध छ, जसमार्फत सदस्यहरूले विदेशबाट पठाइएको रकम सहज रूपमा प्राप्त गर्न सक्छन्।
यस संस्थाले आफ्नाे सदस्यहरू र समुदायको आर्थिक, सामाजिक, तथा व्यावसायिक विकासमा टेवा पुर्याउन विविध क्षेत्रलाई समेट्ने बहुउद्धेश्यीय सहकारी सेवाहरू प्रदान गर्दै आएको छ।
हाम्रो मर्स्याङदी बहुउद्धेश्यीय सहकारी संस्थाले सदस्यहरूलाई आर्थिक रूपमा सशक्त बनाउने, आत्मनिर्भर जीवनयापन गर्न सक्षम बनाउने, र समृद्ध तथा दिगो कृषि प्रणालीलाई प्रवर्द्धन गरेका छाै ।
संस्थाकाे मुख्य कार्यालय मुग्लिन बजारमा रहेकाे छ । याे इच्छाकामना गाउपालिकाकाे प्रमुख व्यवसायिक बजार हाे जुन वडा नं. ५ मा पर्छ । मुग्लिन चाेक देखि काठमाण्डाै तर्फ करिव २०० मिटर अगाडी दायाँ तर्फ संस्थाकाे कार्यालय रहेकाेछ । यस कार्यालय मार्फत सबै प्रकारकाे सहकारी कार्यकाे साथै रेमिटेन्स सेवा लगाएत बिभिन्न सेवा प्रदायक कम्पनीहरूकाे बिल भुक्तानी र रिचार्ज सम्बन्धि कार्यहरू पनि गरिन्छ । थप जानकारीकाे लागी सम्पर्क नम्बर सम्पर्क फाेन नंः ०५६–५४०२३२ । ५४०१०२ सम्पर्क व्यक्तिः कुमार श्रेष्ठ (प्रबन्धक)
Kurintar
यस संस्थाकाे सदस्यहरूकाे सुविधालाइ ध्यानमा राखी संस्थाले कुरिनटार बजारमा आफ्नाे शाखा कार्यालय स्थापना गरिएकाे छ । यस कार्यालय मार्फत सदस्यहरूले ताेकिएकाे काराेबारहरू गर्न सक्नेछन । बचत गर्न तथा सानाेतिनाे रेमिटेन्सकाे सुबिधाकाे साथै बिभिन्न सेवा प्रदायकहरूकाे बिल भुक्तानी र रिचार्ज समेत यहाँबाट सदस्यहरूले गर्न सक्नेछन । थप जानकारीकाे लागी सम्पर्क नम्बरः 9845611111 सम्पर्क व्यक्तिः प्रकाश श्रेष्ठ
Fishling
यस संस्थाकाे सदस्यहरूकाे सुविधालाइ ध्यानमा राखी संस्थाले फिस्लिङ बजारमा पनि आफ्नाे शाखा कार्यालय स्थापना गरिएकाे छ । यस कार्यालय मार्फत पनि सदस्यहरूले ताेकिएकाे काराेबारहरू गर्न सक्नेछन । बचत गर्न तथा सानाेतिनाे रेमिटेन्सकाे सुबिधाकाे साथै बिभिन्न सेवा प्रदायकहरूकाे बिल भुक्तानी र रिचार्ज समेत यहाँबाट सदस्यहरूले गर्न सक्नेछन । थप जानकारीकाे लागी सम्पर्क नम्बरः 9845022222 सम्पर्क व्यक्तिः टाेप नारायण श्रेष्ठ